Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रद्वारा सरकार सञ्चालनका लागि पार्टीभित्र छुट्टै कमिटी बनाउने तयारी

काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले  सरकार सञ्चालनका लागि पार्टीभित्र छुट्टै कमिटी बनाउने तयारी गरेको छ।

माओवादी केन्द्रका एक नेताका अनुसार सरकार सन्चालनलाई सहज र पारदर्शी बनाउनका लागि बैठकले तीनदेखि पाँच सदस्यीय कमिटी बनाउने तयारी गरेको हो ।

उक्त कमिटीले मन्त्रीका कामको अनुगमन, मूल्याङ्कनका साथै जनपक्षीय काम गर्न प्रोत्साहन गर्ने वताइएको छ  ।

गठबन्धन सरकारमा माओवादी केन्द्रका तर्फबाट ६ जना मन्त्री बनेका छन् । कमिटी बनाउने निर्णय मंगलबारको बैठकले गर्ने वताइएको छ ।

सोमबारको स्थायी कमिटी बैठकमा आगामी पुसमा तय भएको राष्ट्रिय सम्मेलन,पार्टी एकताको सुदृढीकरण र गुट उपगुटको अन्त्य गर्नुपर्ने लगायतका विषयमा छलफल भएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को दस्तावेजमै माओवादीमा गुट उपगुट मौलाएको भन्दै त्यसको अन्त्य गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077