Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

टिम इण्डियाका पूर्व क्रिकेटर युवराज सिंह गिरफ्तार

एजेन्सी – भारतीय प्रहरीले पूर्व क्रिकेटर युवराज सिंहलाई गिरफ्तार गरेको छ। अनुसुचित जातिलाई लिएर सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गरेको आरोपमा उनलाई हरियाणा पुलिसले पक्राउ गरेको हो।

शनिबार पक्राउ परेका सिंहलाई केहीबेरपछि नै अन्तरिम जमानतमा रिहा गरिएको छ। सिंहले पछिल्लो लकडाउनको समयमा इन्स्टाग्राममा क्रिकेटर रोहित शर्मासँग कुराकानी गरेका थिए। यस दौरान उनले यजुवेन्द्र चहलमाथि एक आपत्तिजनक शब्द प्रयोग गरेका थिए।

त्यसपछि सिंहविरुद्ध एमसी–एसटी एक्टमा मुद्धा दर्ता भएको थियो। उनलाई पक्राउ गरेको विषय प्रहरीले केही समय गोप्य राखेको थियो। उनलाई शनिबार नै हरियाणा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। उनको गिरफ्तारी आइतबार अबेर राति मात्र सार्वजनिक भएको थियो।

पक्राउ परेको केही समयपछि उच्च अदालतको निर्देशनअनुसार उनलाई जमानतमा छाडिएको थियो। सामाजिक सञ्जालमा उक्त टिप्पणीबारे चर्चा भएपछि उनले आफूले कुनै किसिमको भेदभावमा विश्वास नराख्ने स्पष्टिकरण दिएका थिए। जाति, रंग, लिंग आदिका आधारमा आफूले कसैलाई पनि विभेद नगरेको सिंहको दाबी थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077