Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालगन्जकी रुबी खानलाई आजै थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपालगन्जकी रुबी खानलाई आज (बिहीबार) नै थुनामुक्त गर्न आदेश दिएको छ।

बिहीबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले प्रहरीले काठमाडौंको माइतीघर मण्डलबाट पक्राउ गरी नेपालगञ्ज पुर्‍याइएकी खानलाई कानून व्यवसायीको जिम्मा लगाउन आदेश दिएको हो।

अधिवक्ता मोहना अन्सारीले रुबीका तर्फबाट दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रहरीले पूर्वाग्रह राखी खानलाई पक्राउ गरेको ठहर पनि गरेको छ।

यसअघि गत २३ गते रुबीलाई जिल्ला प्रहरी कार्यालयको पत्र बमोजिम भन्दै महानगरीय प्रहरी बृत सिंहदरवारले पक्राउ गरी नेपालगञ्ज पठाएको थियो।

रुबीले बाँकेकी नकुन्नी धोबीको मृत्यु तथा निर्मला कुर्मीको अपहरण गरी हत्या भएको भनिएको घटनामा अनुसन्धान माग गर्दैआएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077