Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मधेशमा चर्कियो आन्दोलन: जसपा अध्यक्ष यादवको आफ्नै क्षेत्रमा पुत्ला दहन

रामनारायण यादव / सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध मधेसमा आन्दोलन चर्किएको छ । प्रदेश २ को अधिकांश जिल्लाहरुमा मधेशी नेता तथा कार्यक्राताहरु नै आदोलनमा उत्रिएका छन् ।

अध्यक्ष यादवकै निर्वाचन क्षेत्रमा राजबिराज नगरपालिका वडा नम्वर १ स्थित मधेसी युवा समाजले जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पुत्ला दहन गरेको छ । मंगलबार दिउँसो राजदेवी चोकमा युवाहरूले पुत्ला दहन गरेको हो ।

चिनियाँ दलाल मुर्दावाद, उपेन्द्र यादव प्रचण्डको दलाल, प्रदेश २ को इस्लामीकरण बन्द गर, प्रदेश २ को तिव्व्तीकरण बन्द गर जस्तानारा लगाएका थिए ।

हिजो सोमबार पनि मधेशी युवा समाजका कार्यकताहरुले राजविराज नगरपालिका वडा नम्वर ११ झल्ही चौकमा जसपाका अध्यक्ष उपेन्द्र यादवको पुत्ला बोकेर सडक प्रदर्शन गरि पुत्ला दहन गरेका थिए ।

यसअघि प्रदेश २ को वीरगंज लगायतका जिल्लाहरुमा उपेन्द्र यादवको एकल जातीय सोंच र अहंकार विरुद्ध प्रदर्शन भइरहेको छ । विरगंजका युवाहरुले उपेन्द्रलाई विरगंज प्रवेशमा निषेध समेत गरेका छन् ।

मधेस आन्दोलनमा अन्य समुदायलाई पठाउने तर अवसर पाउँदा आफ्नो जाति र आफ्नो खलतिका मान्छे च्यापेको भन्दै मधेसमा र जसपाभित्रै चर्को असन्तुष्टि छ । यसअघि सांसदद्वय प्रदीप यादव र प्रमोद साहले सामाजिक सञ्जालमार्फत उपेन्द्र यादवको एकल जातीय सोंचको भण्डाफोर गरिसकेका छन् ।

सडकमा उत्रिने प्रदर्शनकारीले उपेन्द्र यादव मुर्दावाद, जुता मार, मधेसको धोकेबाजलगायतका नारा लगाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077