Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी दशैं मनाउन प्रचण्डको आग्रह

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गरी चाडपर्व मनाउन आग्रह गरेका छन् ।

दसैं, तिहार, नेपाल संवत्, छठलगायतका चाडपर्वहरूको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले कोरोना भाइरसका कारण अझै सहजरुपमा चाडपर्व मनाउने अवस्था नभएको भन्दै स्वास्थ्य सुरक्षाका सबै प्रकारका मापदण्डहरूको पालना गरी चाडपर्व मनाउन सबैमा आग्रह गरेका हुन् ।

प्रचण्डले सन्देशमा भनेका छन्, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक नेपालमा विभिन्न पर्वहरूका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्यहरू छन् । यिनै आफ्नै पहिचानयुक्त सांस्कृतिक धरोहरका कारण नेपाल आदिकालदेखि नै स्वतन्त्र, अविभाज्य र एकतावद्ध राष्ट्र बन्न सफल भएको हो ।’

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077