Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशसभा बैठक १२ दिनका लागि स्थगित, मुख्यमन्त्री शाक्यले पदमै रहेर दशैँ मनाउने

हेटौडा । बागमती प्रदेशसभा बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको छ । आज प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेश गरे लगत्तै बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित भएको हो। बैठक स्थगितपछि मुख्यमन्त्री शाक्य अब दशैँभर पदमै रहने छिन्।

गत भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्रीका रूपमा सत्तारोहण गरेकी शाक्यले दल विभाजन भएको मितिले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने बाध्यकारी कानुनका कारण प्रदेशसभाको बैठक आह्वान गरेकी थिइन् ।

प्रदेशमा सभामुखसहित १ सय ९ सांसद छन्  । जसमा हाल शाक्य नेतृत्वको एमालेका ४३ सांसद मात्र छन्  । यसअघि एकल बहुमतका आधारमा मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजन भएर गठन भएको एकीकृत समाजवादीमा १३ जना सांसद गएपछि अल्पमतमा परेकी छिन् ।

सरकार टिकाउन शाक्यलाई ५५ मत आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसका २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ सांसद छन्। त्यस्तै विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २/२ र एक जना स्वतन्त्र सांसद छन्। सत्ता गठबन्धनका दलबाहेक अन्य दलले अष्टलक्ष्मीलाई साथ दिए पनि बहुमत पुग्ने अवस्था छैन।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077