Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

४ किलोभन्दा बढी गाँजासहित पोखरामा एक युवक पक्राउ

कास्की । कास्की प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका २ बस्ने २० वर्षीय विजय गुरुङ रहेका छन्।

गुरुङलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा महागनरपालिका वडा नं.०९ पृथ्वीचोकबाट नियन्त्रणमा लिएको हो। उनको साथबाट ४ किलो ११० ग्राम लागूऔषध गाँजा बरामद गरिएको छ।

पक्राउ परेका गुरुङलाई लागूऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077