Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

वीरगञ्जमा गाड्न लागेको किशोरीको शव प्रहरीले उठायो, ४ जना पक्राउ

वीरगञ्ज । वीरगञ्जमा प्रहरीले शंकास्पद मृत्यु भएकी किशोरीको शव दाहसंस्कार गर्नै लाग्दा नियन्त्रणमा लिएको छ। भारत घर भएकी अन्दाजी १९ वर्षीया जयुनत खातुनको शव प्रहरी प्रहरीले उठाएको हो।

किशोरीको मृत्यु शंस्कापद भएको भन्दै प्रहरीले ४ जनालाई पक्राउ पनि गरेको छ। हाल शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ।

जबर्जस्ती करणीपछि अत्यधिक रक्तस्राव भएको र उपचारका क्रममा मृत्यु भएकोले घटना लुकाउन हतारमा शव गाड्न खोजेको भन्ने सूचना पाएपछि प्रहरीले शवलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन। हाल घटनाबारे अनुसन्धान भइरहेकोले प्रहरीको भनाई छ।

उता परिवारका सदस्यले भने युवतीको शरीरमा देखिएको दादको उपचार गर्ने क्रममा दिइएको औषधिका कारण समस्या भएको बताएका छन्। भारतको बेतिया लगेर दादको उपचार गराउँदा चलाएको औषधि खाएपछि जिउ सुन्निएको र रक्तस्राव भएको परिवारको भनाई छ। पोष्टमार्टमपछि मात्र घटनाबारे थप भन्न सकिने प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077