Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चीनमै बसेर ठमेलमा होटल सञ्चालन, गैरकानुनी काम गर्ने दुईजनाविरुद्ध इन्टरपोलको रेड नोटिस जारी गराइने

काठमाडौं । चीनमै बसेर ठमेलमा होटल सञ्चालन गर्दै आएका दुई चिनियाँ नागरिकविरुद्ध इन्टरपोलको रेड नोटिस जारी गराइने भएको छ। होटलको नाममा विभिन्न आपराधिक गतिविधिहरु सञ्चालन गरेको भन्दै नेपाल प्रहरीले रेड नोटिस जारी गराउन प्रक्रिया अघि बढाएको छ।

प्रहरीले सी वेनलङ र चेन फेङकाईविरुद्ध रेड नोटिस जारी गराउन लागेको हो। प्रहरीले उनीहरुले सञ्चालन गरेको होटेलबाट तीन महिनाअघि बाघको छाला बरामद गरेको थियो। उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका चारजना चिनियाँमध्ये एकजना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने तीन जना साधारण तारेखमा छुटेका छन्।

र पुर्पक्षका लागि कारागार पठाइएकमा होटेलका प्रबन्धक मा जिङगविन रहेका छन् जाओ पेनुचेङ, पेङ हुई र निई युलिङलाई भने साधारण तारेखमा छुटेका हुन्।

उनीहरुले गत असारको २१ गते जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौं र लैनचौर वृत्तको प्रहरी टोलीले ठमेलको ज्याठा गल्लीमा रहेको झियागुं खाजान होटेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउपछि होटलबाट बाघको छाला बरामद गरिएको थियो।

उक्त होटलका सञ्चालकहरु चीनमै रहेको खुलेको छ। उनीहरु हाल फरार रहेका छन्। त्यसकारण उनीहरुलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिन लागेको प्रहरी स्रोतको भनाई छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077