Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • आर्यन खान ड्रग्स प्रकरण : यी चर्चित वकिलले लड्दैछन् केस, दैनिक पारिश्रमिक १७ लाख !

    आर्यन खान ड्रग्स प्रकरण : यी चर्चित वकिलले लड्दैछन् केस, दैनिक पारिश्रमिक १७ लाख !

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 2.4K
    SHARES

    एजेन्सी – बलिउड सदैव तातिरहेको हुन्छ। नायक नायिकाको चर्चा र विवादले कोरोनाकालमा पनि बलिउड भने उस्तै रह्यो। हरेक दिन केही न केही कुरा कि चर्चामा आयो कि विवादमा आयो। गसिपको त कुरै नगरम।

    अहिले बलिउड नगरीमा बादशाह शाहरुख खानका छोरा आर्यन खानको ड्रग्स प्रकरण चर्चामा छ। आर्यन एनसीबीको हिरासतमा छन्। घटनाको अनुसन्धान जारी छ।



    जब बलिउडमा कुनै ठूलो घटना बाहिर आउन्छ त्यसबेला सबैभन्दा अगाडि सतिश मानेशिन्देको नाम आउँछ। उनी वरिष्ठ वकिल हुन्र जसले बलिउडका ठूला मामिलामा नायक नायिकालाई राहत दिलाएका छन्।



    कुनै हाई–प्रोफाइल मामिलालाई सम्हाल्नमा उनको सफलतापछि उनी थुप्रै सेलिब्रिटीका लागि चर्चित वकिल बनेका छन्। आर्यन खानको मुद्दादेखि रिया चक्रवर्ती ड्र,ग्स मामिला र सलमान खानले र,,क्सी पिएर गाडी चलाएको मामिलासम्मको केस उनैले सम्हाले।

    मिडिया रिपोर्टका अनुसार सतिश सबैभन्दा महँगा वकिल हुन्। उनी एक दिनको १५–२० लाख भारुसम्म पारिश्रमिक लिन्छन्। सतिशले आफ्नो करियरको सुरुवात सन् १९८३ मा देशका चर्चित दिवंगत वकिल राम जेठमलानी सँगसँगै गरेका थिए।

    नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले २ अक्टोबरमा क्रुजमा छापा मार्दै आर्यन खानलाई पक्राउ गरेको थियो। शाहरुख खानले आफ्नो छोराको मुद्दा लड्ने जिम्मेवारी सतिश मानेशिन्देलाई दिएका छन्।

    सतिशका अनुसार आर्यन खानलाई एक पाहुनाको रुपमा क्रुजको कार्यक्रममा निमन्त्रणा गरिएको थियो र उनीको साथमा कुनै प्रतिबन्धित पदार्थ भेटिएको थिएन। अब सतिशले आर्यन खानलाई जमानत दिलाउन सक्लान्, नसक्लान्, त्यो भने समयले बताउनेछ।

    सलमान खान हिट एण्ड रन केसः

    सन् २००२ मा सलमान खानले नशामा गाडी चलाएको मुद्दा लडेपछि सतिश मानशिन्दे चर्चामा आएका थिए। सतिशले सलमानको बचाउ गर्दै उनलाई सफलतापूर्वक जमानत हासिल गराएका थिए।

    पछि उनलाई अदालतले सफाई दिएको थियो। यतिमात्रै होइन, वकिलले सन् १९९८ को कालो हरिण शिकार मामिलामा पनि सलमानको बचाउ गरेका थिए।

    रिया चक्रवर्ती र शोविक चक्रवर्ती ड्रग्स मामिलाः

    अघिल्लो वर्ष पनि मानेशिन्दे चर्चामा आएका थिए। दिवंगत अभिनेता सुशान्त सिंह राजपूतका पिताले छोराको निधनपछि आपराधिक षड्यन्त्र रचेको र कथित रुपमा पैसाको हिनामिना गरेको भन्दै नायिका रिया चक्रवर्तीविरुद्ध मुद्दा दर्ता गरेका थिए।

    त्यतिबेला मानशिन्देले यो मामिलामा नायिका तथा उनका भाइ शोविक चक्रवर्तीको पक्ष अदालतमा पेश गरेका थिए पछि उनले दुबैलाई जमानत दिलाउन सफल भए।

    सञ्जय दत्तको केसः

    सन् १९९३ मा मानेशिन्देले बम्बे बम बिस्फोट मामिलामा सञ्जय दत्तको प्रतिनिधित्व गरेका थिए। उनी कथित रुपमा सन् २००७ को आर्म्स एक्ट मामिलामा उनको बचाउ गर्ने कानूनी टिमको वकिलका हिस्सा पनि रहे। उनी त्यतिबेला दत्तका लागि जमानत हासिल गर्न सफल भए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार