एजेन्सी । बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकीकी पत्नी आलिया सिद्दिकी फेरि समस्यामा परेकी छन् ।
समयमै घर भाडा नतिरेपछि उनलाई अहिले नोटिस दिइएको हो । उनी आफ्ना सन्तानसँग दुबईमा बस्छिन् ।
अहिले दुबई प्रशासनका केही अधिकारी उनको घर पुगेका छन् र उनलाई घर खाली गर्न भनिरहेका छन् ।
वास्तवमा आलिया आफ्ना छोराछोरीको पढाइका लागि नवाजुद्दीन सिद्दिकीको दुबईस्थित घरमा बस्छिन् ।
आलिया र उनका सन्तानको जिम्मेवारी नवाजुद्दीन सिद्दिकीको काँधमा छ । अदालतले उनलाई मासिक भत्ता तिर्न निर्देशन दिएको छ ।
Leave a Reply