Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • अख्तियारलाई मुख्यमन्त्रीको प्रश्न- प्रदेशको सिंहदरबारमा आउँदा नसोधी आउने हो ?

    अख्तियारलाई मुख्यमन्त्रीको प्रश्न- प्रदेशको सिंहदरबारमा आउँदा नसोधी आउने हो ?

    अनलाइन नेपाल
  • बुधबार, २० असोज २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    रामनारायण यादव / जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धानप्रति आक्रोश व्यक्त गरेका छन् ।

    बुधबार प्रदेशसभाको वैठकमा बोल्दै मुख्यमन्त्री राउतले यस विषयमा स्पष्टीकरण दिन लामै समय खर्चिएका थिए । मुख्यमन्त्री कार्यालयलाई ‘प्रदेशको सिंहदरबार’ संज्ञा दिँदै उनले आफूलाई नसोधी अख्तियारले कारवाही गर्न नसक्ने दावी गरे ।



    ‘मलाई जानकारी गराएको भए म जे माग्नुहुन्छ त्यो दिन तयार थिए । प्रमुख सचिवलाई पनि जानकारी गराइएको छैन । प्रदेश सरकारलाई बदनाम गराउन षडयन्त्रपूर्वक हामीमाथि अट्याक गरिएको छ,’ उनले भने ।



    आफूले अख्तियारका प्रमुखसँग पनि आफूले कुरा गरेको उनले बताए । उनले थपे, ‘मुख्यमन्त्री कार्यालय भनेको संस्था हो । प्रदेशको सिंहदरबार हो । प्रधानमन्त्री कार्यालय हो । सीमित बजेट र कर्मचारी भए पनि प्रदेशको आफ्नो गरिमा हुन्छ ।’

    ‘अहिले पनि म उहाँहरूलाई सम्मान नै गर्छु । तर, संघीयतालाई समाप्त गर्ने खेल भइरहेको छ । मानिसलाई गलत सन्देश दिने काम भइरहेको छ । यो संस्थामाथिको आक्रमण हो,’ राउतले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार