Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीन र अमेरिकाबीचको शीत युद्धको खतराबारे युएईले दियो यस्तो चेतावनी

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) का एक उच्च अधिकारीले चीन र अमेरिकाबीच शीत युद्धको खतरा रहेको चेतावनी दिएका छन्।

संयुक्त अरब इमिरेट्स (यूएई) टर्की र ईरानसँग लामो समय देखि जारी तनावपूर्ण सम्बन्धको बीच कुनै नयाँ टकरावको स्थितिलाई वार्ताको माध्यमबाट सम्हाल्ने कोशिस गरीरहेको छ।

संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपतिका कूटनीतिक सल्लाहकार अनवर गर्गाशले शनिबार एक सम्मेलनमा उनको देश कोभिड–१९ पछि आफ्नो अर्थव्यवस्थाको स्थिति सुधार गर्नमा व्यस्त रहेको बताएका छन्।

उनले यस क्षेत्रमा अमेरिकी प्रतिबद्धता र अमेरिका–चीन शीत युद्धको खतराबारे चिन्ता व्यक्त गरेका छन्। खाडी देश युएईको चीनसँग बलियो आर्थिक सम्बन्ध र अमेरिकासँग बलियो सैन्य सम्बन्ध छ। हाल युएई इरान र विश्व शक्ति देशहरुसँग २०१५ को आणविक सम्झौतालाई लिएर वार्ता गरिरहेको छ। त्यस्तै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि त्यँहाको सत्तामा तालिबानको पुनरागमनका विषयमा पनि चासो देखाइरहेको छ।

“हामी आउँदो समयमा देख्नेछौं कि अमेरिकी कदमहरुले यस क्षेत्रमा के भइरहेको छ। मलाई लाग्दैन कि हामीलाई अहिले थाहा छ तर अफगानिस्तान पक्कै एक चुनौती हो र पक्कै यो एक चिन्ताजनक स्थिति हो,’’ उनले भने।

विश्व नीति सम्मेलनमा उनले भने, “हामीलाई हाम्रो क्षेत्रमा राम्रो व्यवस्थापनको आवश्यकता छ किनकि त्यहाँ खालीपन छ र जब यस्तो स्थिति उत्पन्न हुन्छ त्यहाँ समस्या हुन्छ।’’

ईरान र टर्कीसँग मिलेर यूईए यस क्षेत्रमा तनाव कम गर्न चाहन्छ जो एक पटक यमन, लीबिया र अन्य क्षेत्रमा जारी संघर्षमा यी देशहरुको प्रभाव नियन्त्रण गर्न अघि बढेको थियो।

गर्गाशले टर्कीले भर्खरै इजिप्ट, ब्रदरहुड र साउदी अरब र अन्य देशहरुसँग आफ्नो नीतिहरुको पुनः परीक्षण गरेको र उक्त कुरा स्वागतयोग्य रहेको बताए।
उनले भने, “टर्की हामी उनीहरुलाई के भन्दैछौं भन्नेबारे धेरै सकारात्मक छ। तर के म धेरै सकारात्मक छु कि ईरानले पनि आफ्नो स्थिति बदल्नेछ? ईरान पनि यो खालीपन र स्थितिको गम्भीरताको बारेमा चिन्तित छ।’’

राष्ट्रपतिका सल्लाहकारले भने, “कोरोना महामारीले गैर राजनीतिक प्राथमिकताहरुलाई प्राथमिकतामा राखेको छ र अब सबैभन्दा ठूलो चिन्ता अमेरिका र चीनको छ। हामी सबै शीत युद्धको बारेमा चिन्तित छौं। यो हामी सबैको लागी नराम्रो खबर हो। अन्तर्राष्ट्रिय प्रणालीमा कुनै एउटा देश छनौट गर्नु समस्या हो र मलाई लाग्दैन कि यो सजिलो हुनेछ।’’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077