Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

११ वर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने ५० वर्षीय पुरुष पक्राउ

विराटनगर । प्रहरीले विराटनगर महानगर ४ मा ११ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर ४ का ५० वर्षीय लभ कोइराला रहेका छन्।

जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले कोइरालाले घरमा कोही नभएको अवस्थामा छिमेकी बालिकालाई जबर्जस्ती गरेकोले नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

घटना भदौ २२ गते दिउँसो भएको बताइएको छ। घटना भएदेखि बालिका एकोहोरिएर मौन बस्ने, डराउने, सामान्य विषयमा रुनेलगायतका व्यवहार देखाएपछि परिवारजनले सोधीखोजी गर्न थालेपछि घटना बाहिरिएको हो।

प्रहरीले थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिएको छ। बलात्कार प्रयास गरेका कोइरालाले बालिकालाई घटनाबारे कसैलाई नभन्न डर, त्रास देखाउँदै आएको अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077