Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

देउवालाई आफूले नै प्रधानमन्त्री बनाएको प्रचण्डको दावी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफूले नै प्रधानमन्त्री बनाएको दावी गरेका छन् ।

माओवादीको प्रदेश समितिको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देउवा सुरुमा प्रधानमन्त्रीका लागि तयार नभए पनि आफूले तयार पारेको दावी गरेका हुन् । उनले भने–‘उहाँलाई प्रधानमन्त्री हुन तयार पारियो। उहाँ इच्छुक हुनुहुन्थेन। चुनाव भए हुन्छ भन्ने खालको थियो उहाँको धारणा ।’

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको युद्ध नसकिएको पनि बताएका छन्। उनले भने–‘हामीले ब्याटल जितेको हो वार जितिसकेको छैनौं। लडाइ जित्यौं युद्ध जितिसकेको छैनौं ।’

प्रतिक्रान्ति गर्नेहरुले अहिले पनि लडाइको तयारी गरिरहेको बताउँदै उनले माओवादीप्रति कसैले धावा बोले जाइलाग्ने बताए। उनले त्यसका लागि आफूहरुसँग सैन्य पृष्ठभूमिका साथीहरु समेत रहेकाले नडराउने बताए।

उनले भने–‘केपी ओलीका पछाडि कमल थापाहरु, ज्ञानेन्द्रहरु लागेका छन्। माओवादीलाई हान्यो भने सिद्धिन्छ भन्ने लागेको छ उनीहरुलाई । हामीसँग अझै पनि तालिमप्राप्त सेनाका साथीहरु पनि छन्। कोइ आइलागे भने जाइलाग्ने हो।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077