Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीलाई चेतावनी दिंदै प्रचण्डले भने–हामीसँग सैनिक पृष्ठभूमिका साथीहरु पनि हुनुहुन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ंले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको युद्ध नसकिएको बताएका छन्।

माओवादी सिध्याउन खोजेको आरोप लगाउँदै अध्यक्ष दाहालले ओलीलाई चेतावनी दिंदै भने–‘हामीसँग अझै पनि तालिमप्राप्त सेनाका साथीहरु पनि छन्। कोइ आइलागे भने जाइलाग्ने हो। हामीले ल्याएको हो संविधान। हामी चुनावमा जित्छौँ। हामीसँग सैनिक पृष्ठभूमिका साथीहरु पनि हुनुहुन्छ। माओवादीलाई त सिध्याउन खोजिएको थियो नि त ।

माओवादीको प्रदेश समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले भने–‘हामीले ब्याटल जितेको हो वार जितिसकेको छैनौं। लडाइ जित्यौं युद्ध जितिसकेको छैनौं ।’ उनले प्रतिक्रान्ति गर्नेहरुले अहिले पनि लडाइको तयारी गरिरहेको बताए।

ओलीबाट आफूले मात्रै नभइ कम्युनिस्ट सबै नेताहरुले धोका पाएको उनले बताए। उनले आफूले एकता गरेर अरु केही नपाए पनि ज्ञान पाएको बताए। उनले भने–‘मैले ज्ञान प्राप्त गरेर आएँ। हामी ज्ञानी भएर आएका छौँ। बाबुराम, विप्लव माधव नेपाल ज्ञानी भएका छौँ।’

ओलीको पछाडि राजवादीहरु लागेको आरोप लगाउँदै उनले माओवादीप्रति कसैले धावा बोले जाइलाग्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077