Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेलायतलाई भारतको काउन्टर : बेलायती नागरिकमाथि कडा नियम लागू

एजेन्सी । भारतले बेलायतविरुद्ध जवाफी कदम चाल्दै बेलायती नागरिकमाथि कोभिड–१९ लाई लिएर सख्त कदम अपनाउने निर्णय गरेको छ। जसअनुसार अक्टुबर ४ देखि भारत आउने सबै बेलायती नागरिकले कडा नियमको पालना गर्नुपर्ने भएको हो।

बेलायती नागरिकले भारत यात्रा गर्दा ७२ घण्टाअघिको आरटीपीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ। भारतमा उनीहरूको आगमनपछि विमानस्थलमा पुनः उनीहरूको कोभिड–१९ पीसीआर जाँच गरिनेछ। त्यस्तै, भारत आएपछि आठौँ दिनमा उनीहरुले पुनः पीसीआर जाँच गर्नुपर्नेछ।

पूर्ण मात्रा खोप लगाएका बेलायती नागरिकहरूले १० दिन होम क्वारेन्टिन वा गन्तव्यमा क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने नियम पनि भारत सरकारले लगाएको छ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नागरिक उड्डयन मन्त्रालयले नयाँ नियमलाई लागू गर्ने बताइएको छ।

मिडिया रिपोर्टका अनुसार बेलायत जाने भारतीय यात्रुले भोग्नु परेको समस्यालाई हेर्दै यो फैसला लिइएको हो। कोरोना खोपको दुवै डोज लगाएका भारतलगायत कयौँ देशका नागरिकलाई बेलायतले मान्यता दिएको थिएन।

यसबाट भारत रुष्ट रहेको थियो। भारतीय विदेश सचिव हर्ष श्रृंगलाले यसबारे समाधान ननिकालिए भारतले पनि बेलायतमाथि सख्त कदम उठाउने चेतावनी दिएका थिए। भारतले बेलायतलाई ५० लाख डोज कोभिसिल्ड दिएको बताउँदै त्यसलाई मान्यता नदिनु भेदभाव भएको उनको ठहर थियो। बीबीसी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077