Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अदालतको अवहेलना मुद्दामा मुछिएका चारजना पूर्वप्रधानन्यायाधीशले पाए सफाइ

काठमाडौँ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा चारजना पूर्वप्रधानन्यायाधीशलाई सफाइ दिएको छ । पूर्वप्रधानन्यायाधीशहरूका कानून व्यवसायी ओम अर्यालले उक्त मुद्दामा सर्वोच्च अदालतले मागदावी नपुग्ने फैसला गरेको जानकारी दिए।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको इजलासले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई सफाइ दिने फैसला गरेको हो ।

गत बर्ष माघ १४ गते अधिवक्ताहरू लोचन भट्टराई र धनजीत बस्नेतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको कार्य संविधान विपरित भन्दै विज्ञप्ति निकालेका उनीहरूमाथि सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077