Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पाकिस्तानलाई सैन्य सहयोग बढाउने रुसको घोषणा, भारतमाथि थपियो चुनौती

एजेन्सी। रुस र पाकिस्तानबीचको सम्बन्ध घनिष्ठ हुँदै गइरहेको छ। यो भारत र रूसको सम्बन्धमा दूरीको एक परिणामको रूपमा देखिएको छ।

रुसी समाचार एजेन्सी ताशका अनुसार रुसी र पाकिस्तानी रक्षा मन्त्रालयले दुबै देश रक्षा सहयोग बढाउन तयार रहेको पुष्टि गरेका छन्। रुसी उप रक्षामन्त्री अलेक्जेन्डर फोमिनले बुधवार इस्लामाबादमा द्विपक्षीय सैन्य सम्पर्क समितिको बैठकमा यो कुरा बताएका हुन्।

'वार्ताको क्रममा, दुबै पक्षले आपसी हितको सम्बन्धमा भएको प्रगतिको सराहना गरे र सैन्य सहयोग बढाउन सहमत भए,'फोमिनले भने।

ताशका अनुसार रुस र पाकिस्तानको द्विपक्षीय सम्बन्धमा हलचल भएको छ। फोमिनले  दुई देशहरुबीच बढ्दो सम्बन्ध र रक्षा सहयोग क्षेत्रीय सुरक्षाको लागि धेरै महत्वपूर्ण रहेको वताए ।

यसअघि सेप्टेम्बर १४ मा पाकिस्तानी प्रधानमन्त्री इमरान खान र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानको बदलिदो परिस्थितिको बारेमा फोनमा कुरा गरेका थिए।

२५ अगस्टमा दुई नेताबीच फोन वार्ता भएको थियो। पाकिस्तानका प्रधानमन्त्रीले पुटिनसँगको वार्ताको बारेमा एक बयान जारी गर्दै  एससीओ अर्थात शंघाई सहयोग संगठनमा सहयोग बढाउन दुई देशका प्रमुखहरुबीच कुराकानी भएको वताएका थिए ।

इमरान खानले पाकिस्तान रुससँगको सम्बन्धमा न्यानोपन ल्याउन कटिबद्ध रहेको वताएका थिए ।
यस वर्षको अप्रिलमा रुसी विदेश मन्त्री सर्गेई लाभ्रोभले पाकिस्तानको भ्रमण गरेका थिए। गत वर्ष पाकिस्तानका रक्षामन्त्रीले रुसको भ्रमण गरेका थिए। सर्गेई लाभ्रोभको पाकिस्तान भ्रमण नौ बर्षमा रुसी विदेश मन्त्रीको पहिलो भ्रमण थियो।

यस भ्रमणको क्रममा सेर्गेई लाभ्रोफ र पाकिस्तानका विदेश मन्त्रीले संयुक्त वक्तव्य जारी गरेका थिए। बयानमा भनिएको थियो,  'रुसले पाकिस्तानलाई सैन्य आपूर्तिमा पनि सहयोग गर्नेछ।' यस बाहेक, दुई देशहरु बीच एक संयुक्त सैन्य अभ्यास पनि सहमत भएको थियो। - बिबिसी

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077