Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोखरा उडेको बुद्ध एयरको अर्को जहाजमा पनि समस्या, एक्कासी धुवाँ निस्केपछि काठमाडौं नै फिर्ता

काठमाडौँ । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ ।

सोमबार बिहान साढे ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौंतर्फ नै फिर्ता भएको हो।

अचानक जहाजको ककपिटबाट धुवाँ आउन थालेपछि पाइलटले जहाजलाई काठमाडौंतिर मोडेका थिए । जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवतरण गरेको विमानस्थलले जनाएको छ।

यसअघि बिहान काठमाडौँबाट विराटनगरका लागि उडेको जहाजमा पनि समस्या देखिपछि पुन: काठमाडौँ नै फर्किएको थियो।

[insert page='88771' display='yopanipadhnuhos.php']

[insert page='88759' display='yopanipadhnuhos.php']

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077