Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

न्युयोर्क पुगेका परराष्ट्रमन्त्री खड्काको जिकिर: एमसीसी संशोधन हुँदैन, तुरुन्त पास गर्नुपर्छ

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसी संशोधन हुन नसक्ने बताएका छन्।

एनआरएन न्युर्योक च्याप्टर, जनसम्पर्क समिति अमेरिका, न्युर्योक महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा भएको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले एमसीसी नेपालको आवश्यकता भएको दोहोर्‍याउँदै यस्तो बताएका हुन्।

मन्त्रीको सपथ ग्रहण गरेकै दिन नेपालको प्रतिनिधित्व गर्दै महासभामा भाग लिन न्युर्योक पुगेका मन्त्री खड्काले एमसिसीबारे आफ्नो धारणा राख्दै नेपालले संशोधन गर्दा अन्य एमसीसी लागू भएका देशसमेत प्रभावित हुने बताए।

एमसीसीमा राष्ट्रिय सहमति अपरिहार्य रहेको बताउँदै खड्काले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पनि एमसीसी बिना संसोधन पास गर्नुपर्ने अडान राखेको स्मरण गरे।

एमालेले आफू सत्तामा हुँदा बिना संसोधन पास गर्ने भनेको र सत्ता बाहिर रहँदा संशोधनको माग गरेर दोहोरो चरित्र देखाएको खड्काले जिकिर गरे।

एमसिसी नेपालको आवश्यकता हो। यो सवै राजनीतिक दललाई अवगत छ। बाहिर हल्ला गरेजस्तो एमसिसी होईन। तर पनि दोहोरो चरित्रले शोभा दिँदैन यो विसुद्ध अनुदान हो। न त सेना नेपाल भित्रिन्छ न त राष्ट्रियता कमजोर हुन्छ। एमसिसी विकास हो’, खड्काले भने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077