Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आकाशमा २ घण्टा फन्को मारेको बुद्ध एयरको जहाज काठमाडौँमै अवतरण

काठमाडौं । आज बिहान काठमाडौंबाट विराटनगर प्रस्थान गरेको बुद्ध एयरको जहाज आकाशमा दुई घण्टासम्म फन्को मारेएपछि पुन: काठमाडौंमै अवतरण गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा काठमाडौंबाट विराटनगरतर्फ प्रस्थान गरेको उक्त जहाज प्राविधिक समस्याको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौंमै फर्किएको थियो ।

रनवेमा अवतरण हुनै लाग्दा जहाजको पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो ।

अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ-बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।

जहाजको ल्याण्डिङ गियरमा समस्या भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको विमानस्थलले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077