Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोकिएन प्यालेस्टाइनीमाथि इजरायली सेनाको बर्बरता, फेरि चार जना मारिएको पुष्टि

काठमाडौँ । इजरायली सेनाको आक्रमणबाट कम्तिमा चार जना प्यालेस्टाइनीहरु मारिएका छन् । इजरायली सेनाले कब्जा गरेको पश्चिमी किनारको जेनिन र जेरुसेलम क्षेत्रमा आइतबार रातभर आक्रमण गरेको हो।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका प्रवक्ता मोहम्मद हलेलले उत्तर पश्चमी यरूशलेमको बिड्डू गाउँबाट तीन प्यालेस्टिनीको हत्या गरेको पुष्टि गरेका छन् । जसलाई उनीहरुको परिवारले अहमद जहरान, महमूद हमदान र जकारिया बडवानको रूपमा पहिचान गरेका थिए।

प्रवक्ता हलालले आक्रमणमा अर्का एक प्यालेस्टाइनी पनि मारिएको पुष्टि  गरेका छन् । अल जजीरा समाचारका अनुसार दोहोरो भीडन्तको क्रममा केही इजरायली सैनिकहरु पनि घाइते भएका छन् । इजरायली मिडियाले भने इजरायली सेनाले हमास कार्यकर्ताहरुलाई गिरफ्तार गर्ने उद्देश्यले छापा मारेको जनाएका छन् ।

यता, सरकारी प्यालेस्टिनी समाचार एजेन्सी वाफाकाअनुसार इजरायली सेनाले बुर्किनमा आक्रमण गरी एउटा घरलाई घेरा हालेपछि लडाईं भएको जनाएको छ।

वेस्ट ब्यांकका विभिन्न स्थानमा इजरायली सेनाले केही महिनादेखि  दिनहुँ आक्रमण गर्दै आएको छ । गत महिना मात्रै जेनिन शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणबाट चार प्यालेस्टाइनी मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077