Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अरिङ्गालको टोकाइबाट पुरुषको मृत्यु

दैलेख । दैलेखमा अरिङ्गालको टोकाइबाट पुरुषको ज्यान गएको छ। जिल्लाको ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर घाइते भएका थिए। समाजसेवी समेत रहेका शाहीले स्कुल जाने बाटोमा अरिङ्गालको गोलो देखेपछि धपाउने प्रयास गरेको बताइएको छ।

सोही क्रममा गम्भीर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरिएको थियो। तर ढिला भएसकेकाले उनको निधन भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077