Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारततर्फ तस्करी हुँदै गरेको २२ हजार किलो हरियो केराउ बरामद

कपिलवस्तु । सशस्त्र प्रहरी बलले भारततर्फ तस्करी हुँदै गरेको २७ लाख बराबरको हरियो केराउ बरामद गरेको छ । सशस्त्र प्रहरीले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका–२ गल्लामण्डी र सोही नगरपालिका–१ स्थित कृष्णनगर चन्द्रौता सडक खण्डबाट बुधबार करीव २७ लाख रुपैयाँ मुल्य बराबरको २२ हजार ५ सय किलो हरियो केराउ बरामद भएको जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीले अवैध रुपले चोरीनिकासी गरी भारततर्फ लैजानको लागि राखिएको चालक बिनाको भारतीय नम्बरको छ वटा ट्रकमा लोड रहेको अवस्थामा उक्त केराउ तथा ट्रक बरामद गरेकोे हो ।

बरामद केराउ तथा ट्रक आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवल रुपन्देहीमा बुझाईएको शसस्त्र प्रहरीले जनाएको छ । बरामद ट्रकको अन्दाजी मुल्य ७५ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077