Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डसँग चुनाव लड्ने बादलको घोषणा

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्व गृहमन्त्री रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । तर, यस बिषयमा पार्टीले निर्णय गर्नुपर्ने बताए।

शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वमाओवादी नेता बादलले भने, ‘आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ, तर यस बिषयमा पार्टीले निर्णय गर्नुपर्छ।

माओवादीका कार्यकर्ताहरु आफूतिर आइरहेको बादलको दाबी थियो । ‘माओवादीभित्रको अन्तरविरोध देखिराख्नु भएको छ, त्यो कुरा स्वयं प्रचण्डले नै व्यक्त गरिरहनु भएको छ, बादलले भने।

बादल र प्रचण्ड दुवै चितवनबाट प्रतिनिधित्व गर्ने नेता हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077