Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संवैधानिक इजलास: प्रधानन्यायाधीश उपस्थितिबारेको मुद्धामा सुनुवाइ हुँदै

काठमाडौँ । संवैधानिक इजलासमा प्रधानन्यायाधीशको उपस्थितिबारे दायर गरिएको रिटमाथि आज सुनुवाइ हुँदैछ

शुक्रबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र डा. मनोजकुमार शर्माको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइका लागि पेसी तोकिएको छ ।

यसअघि उक्त रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा सुनुवाइ भएको थियो । इजलासले अन्तरिम आदेश जारी गर्दै विपक्षीलाई लिखित जवाफ बुझाउनसमेत आदेश दिएको थियो ।

उक्त मुद्दामा शुक्रवार विपक्षी, एमिकस क्युरी र रिट निवेदकले बहस गर्ने दोस्रो पेसी रहेको सर्वोच्च अदालतले जनाएको छ। सर्वोच्च अदालत, न्याय परिषद् र कानुन व्यवसायी परिषद्ले लिखित जवाफ पेश गरेपछि दोस्रो पटक सुनुवाइ हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077