Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपतिबाट संशोधित बजेट प्रमाणिकरण, सरकारको खर्च गर्ने बाटो खुल्यो

काठमाडौं – संघीय संसद्का दुवै सदनबाट पारित भएको विनियोजन विधेयक, २०७८ प्रमाणिकरण भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ बजेट प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

संशोधित बजेट प्रमाणिकरण भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुलेको छ। यसअघि विनियोजन अध्यादेश ६० दिनभित्र संसद्बाट पारित हुन नसक्दा भदौ ३१ बाट बजेट होलिडे भएको थियो।

बिहीबार दुवै सदनमा एमालेले अवरोध गरेपनि धबीच विनियोजन विधेयक पारित भएको थियो। विधेयक पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर बिहीबार राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077