Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हजार रुपैयाँ दिन्छु भनेर बालिका बलात्कार गर्ने वृद्ध पक्राउ

धनुषा – धनुषा प्रहरीले बालिका बलात्कार गरेको आरोपमा एक वृद्धलाई पक्राउ गरेको छ। १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय वृद्ध पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा धनुषाधाम नगरपालिका–५ (पर्वता)का पल्टु मण्डल रहेका छन्। प्रहरीका अनुसार मण्डलले बालिकालाई घाँस काट्न गएको बेला बलात्कार गरेका हुन्। आरोपीले एक हजार रुपैयाँ दिन्छु भनेर कुकर्म गरेको बताइएको छ।

मण्डललाई सोमबार राति पक्राउ गरिएको र हाल घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ। उनीमाथि जबर्जस्ती करणी अन्तर्गत मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय धनुषाधामका इन्चार्ज सुरेश ठाकुरले जानकारी दिए। पीडित बालिकालाई प्रादेशिक अस्पताल ल्याइए पनि स्वास्थ्य परिक्षण हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077