Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ड्युटीको समयमा प्रहरी कारभित्रै शारिरीक सम्बन्ध राखिरहेका दुई प्रहरी अधिकारी पक्राउ

एजेन्सी । ब्रिटेनमा दुई प्रहरी अफिसरमाथि ड्युटीको समयमा शारीरिक सम्बन्ध राखेको आोप लागेको छ। जसका कारण उनीहरुमाथि विभागीय कारवाही गरिएको छ।

घटनाको अनुसन्धान गर्न गठित टोलीले आरोपी एक पुरुष र एक महिला प्रहरी दोषी रहेको ठहर गरेको छ। उनीहरु दुबै जना ड्युटीमा रहेका बेला यौन क्रियाकलापमा लिप्त भएका थिए।
‘द सन युके’ को रिपोर्टअनुसार सरे पोलिसकी अफिसर रिचर्ड पेटोन र उनका प्रेमी एडवार्ड सँगै ड्युटीमा थिए। त्यसबीचमा उनीहरुलाई दुईवटा कल (पिसिआर कल) आएको थियो। एक कल चोरीको र अर्को कल अस्पतालबाट आएको थियो। तर उनीहरु दुबैले कुनै प्रतिक्रिया जनाएनन्।

उच्च प्रहरी अधिकारीलाई उनीहरुबारे पहिल्यै नै शंका लागिसकेको थियो। यी दुईको अफेयरबारे ती उच्च प्रहरी अधिकारी जानाकार थिए। यसकारण प्रहरीको गाडीमा एक सिक्रेट डिभाइज लगाइएको थियो। जसमा उनीहरुको हर्कत रेकर्ड भयो।

खासमा पेटोन र एडवार्ड आफ्नो प्रहरी फ्यानमा सम्बन्ध राखिरहेका बेला सहयोगका लागि फोन आएको थियो। उनीहरु दुबैले अत्यावश्यक कलको बेवास्ता गरिदिएका थिए। त्यसपछि प्रहरीविरुद्ध एक गुनासो पठाइएको थियो।

उच्च प्रहरी अधिकारीले घटनाको छानबिन शुरु गरे। यसका लागि एक समिति बनेको थियो। छानबिन समितिले उक्त सिक्रेट डिभाइजमा उनीहरुबीच सम्बन्ध बनाइरहेको बेलाको संवाद सुनेको थियो। जसका कारण घटनामा उनीहरु दोषी रहेको पुष्टि भयो।

स्रोत : द सन

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077