Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बुटवलका मेयरलाई मुक्का हान्ने विद्यार्थी नेता पक्राउ, मुक्का हान्नुको कारणबारे दिए यस्तो बयान

बुटवल । प्रहरीले बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गणेश पंगेनी रहेका छन्।
उनलाई सोमबार साँझ बुटवलबाट पक्राउ गरिएको हो।

पक्राउ परेका पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ। उनले सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए।

केहिदिन अघि बुटवल–३, ज्योतिनगरमा खसेको पहिरो अवलोकन गर्न आज त्यहाँ पुगेका एमाले रूपन्देहीका अध्यक्षसमेत रहेका मेयर सुवेदीमाथि पंगेनीले मुक्का हानेका हुन्।

लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी समेत रहेका पंगेनी अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य रहेको खुलेको छ। पहिरो अवलोकनका लागि मेयर, नगर प्रहरी, नेपाल प्रहरीको टोली पुगेको थियो। सो स्थानमा केहिदिन अघि खसेको पहिरोका कारण धेरै घरहरूमा क्षति पुगेको छ।

तर, पहिरोले ज्योतिनगरबासी विस्थापित र असुरक्षित हुँदा पनि स्थानीय सरकारले चासो नदिएकोप्रति उनीहरुले मेयरको चर्को विरोध गरेका छन्। पंगेनी पहिरो प्रभावित क्षेत्र बुटवल–३ ज्योतिनगरका बासिन्दा हुन्। पक्राउ परेका पंगेनीले प्रहरीसमक्ष कार्यशैलीप्रति चित्त नबुझेकाले आक्रोशित भएर मुक्का हानेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077