Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वरिष्ठ कलाकार हरिवंशलाई उछिन्न खोज्दा नराम्ररी चिप्लिइन् रिमा

काठमाडौं। कमेडी च्याम्पियन सिजन २ को विजेता घोषणा कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यलाई उछिन्न्न खोज्दा उद्घोषिका रिमा विश्वकर्मा चिप्लिएकी छिन्।

शनिबार राति कमेडी रियालिटी शो कमेडी च्याम्पियनको सिजन २ को विजेता घोषणा गर्ने समयमा प्रमुख अतिथीद्वय मनदकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले विजेताको घोषणा गरे।

जब, विजेताको नाम प्रमुख अतिथी हरिवंशको हातमा पर्यो । उनले भने, ‘एउटा नाग हुन्छ, त्यो नागमा मणी हुन्छ। त्यो नागको मणी भनेको अमुल्य हो। पैसाले पनि किन्न नसकिने हो। यो मणी जो कोहीले पाउँदा पनि पाउँदैन, छुट्याउन पनि सक्दैन। त्यो मणी जस्तै भरतमा पनि एउटा मणी रहेछ। भरतमणि। हास्यव्यङ्ग्यको।’

यति भन्दै गर्दा कार्यक्रम सञ्चालिका रिमाले हतार गर्दै विचमै बोलिन् ‘कमेडी’ यति भनेपछि उनले ‘सरी सर’ भन्दै माफ मागिन् । तर,  हरिवंशले रीमालाई जवाफ दिदै भने, ‘आई एम सरी ।’ फेरि रिमा बोलिन्, ‘खासमा मैले उपहार दिनेलाई बोलाउन खोजेको।’

रिमाले विचमै कुरा काटेपछि हरिवंश अलमलिए । उनले ‘भरतमणी, नाम ठिक छ नि’ भन्दै रिमालाई देखाए। रिमाले ठिक छ सर भनेपछि उनले भने– ‘भरतमणिजी विनर हुनुहुन्छ।’ हरिवंशले विजेताको नाम निक्कै फितलो तरिकाले लिए। हरिवंशले नाम लिएसँगै रिमाले फेरि जोडिन्– ‘कमेडी च्याम्पियन सिजन २ को विजेता बन्नु भएको छ, भरतमणि पौडेल।’

उक्त सोको उपाधि भरतमणि पौडेलले जिते भने बिक्की अग्रवाल सन्तोष थापा क्रमश फस्ट रनरअप र सेकेण्ड रनरअप भए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077