Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्ड र माधवले पदक वितरणमा आफ्नाे हात जगन्नाथ गरेको सूर्य थापाको आरोप

काठमाडौं । संविधान दिवसका असरमा ९०३ जनालाई मान-पदवी, अलंकार र पदकबाट विभूषण गरिएको छ।

९०३ जनाको सूचीमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका दिवंगत पिता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नीपनि रहेका छन्।

माधवका पिता स्वर्गीय मंगलप्रसाद उपाध्यायलाई प्रबल जनसेवाश्री पदक घोषणा गरिएको छ । उनको नाम प्रबल जनसेवाश्रीको दोस्रो नम्बरमा छ।

त्यस्तै, प्रचण्डकी बिरामी पत्नी सीता दाहाललाई राजनीतिक अभियन्ताका रूपमा प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ। उनको नाम ३६ औं नम्बरमा छ ।

यसैबीच उक्त पदकबारे सरकारको निर्णयलाई लिएर नेकपा एमालेका नेता सूर्य थापाले प्रश्न गरेका छन्।

सामाजिक सञ्जालमा नेता थापाले दुबैजना सत्ताधारी गठबन्धनका अध्यक्षहरूले पदक वितरणमा आफ्नाे हात जगन्नाथ गरेकाे दृष्टान्त यसबाट स्पष्ट भएको उल्लेख गर्दै नेता थापाले प्रश्न गरेका हुन्।

थापाले फेसबुकमा लेखेको लेख यस्तो छ :

'माधव कु. नेपालका पिताजी प्रवल, प्रचण्ड पत्नी प्रसिद्ध जनसेवाश्री ? संविधान दिवस तथा राष्ट्रिय दिवस -२०७८ काे अवसरमा नेपाल सरकारकाे निर्णयमा प्रदान गरिने पदक तथा विभूषण प्राप्त गर्ने दुई जना विशेष व्यक्तिमा स्वयं सत्ता गठबन्धनका मुख्य नेताहरूका दिवंगत पिता र विरामी पत्नी रहनु भएकाे छ। खासमा उहाँहरूकाे विशिष्ठ याेगदानमा नै उहिले संविधान जारी भएको सन्देश यस निर्णयमबाट दिन खाेजिएको हाेला !

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कु. नेपालका पिता मंगलप्रसाद उपाध्याय नेपाललाई मरणाेपरान्त प्रवल जनसेवाश्री पदक प्रदान गरिने भएको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी विरामी पत्नी सीता दाहाललाई स्वास्थ्यलाभकाे कामनासहित राजनीतिक अभियन्ताकाे रूपमा प्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने भएको छ ।


दुबैजना सत्ताधारी गठबन्धनका अध्यक्षहरूले पदक वितरणमा आफ्नाे हात जगन्नाथ गरेकाे दृष्टान्त यसबाट स्पष्ट भएको छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077