Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रेडपाण्डाको छालासहित होटलबाट चार पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत खजुरास्थित मानसरोवर होटलबाट एकथान रेडपाण्डाको छालासहित चार जना पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कालीकोटको रास्कोट नगरपालिका–८ का २८ वर्षीय मनबहादुर बुढा, दैलखको ठाँटीकाध गाउँपालिका–६ का ३३ वर्षीय विष्णु रावत, नारायण नगरपालिका–१० का २१ वर्षीय पूर्ण बस्नेत र २५ वर्षीय नरेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए।

तत्काल बयानका क्रममा उनीहरूले आफूहरू छाला पु¥याउनमात्र आएको बताएको उनले जानकारी दिए। यसका लागि उनीहरूले ५० हजार रूपैयाँ लिने सहमति गरेको बयानका क्रममा खुलेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शाहीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077