Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा समाजवादी कार्यालयको शुभारम्भमा किन अनुपस्थित भइन् रामकुमारी झाँकी ?

काठमाडाैं । नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गराउन मुख्य भूमिका खेलेकी प्रभावशाली नेतृ रामकुमारी झाँक्री पार्टी कार्यालयको शुभारम्भमा भने अनुपस्थित रहिन्।

शुक्रबार नेकपा एकीकृत समाजवादीले नयाँ बानेश्वरस्थित आलोकनगरमा पार्टीकाे केन्द्रीय कार्यालयको शुभारम्भ गर्दा झाँक्रीको अनुपस्थितलाई कार्यकर्ताले भने खल्लो महसुस गरेका थिए।

पार्टी कार्यालयको बार्दलीमा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले मुठ्ठी उठाएर हामी यहाँ छौं भन्दै कार्यकर्तालाई सन्देश दिइरहँदा नेताहरूको लहरमा झाँक्रीको अभाव झल्किएकाे कार्यकर्ताहरूले महसुस गरेको देखिन्थ्यो ।

झाँक्रीलाई कतै पनि नदेखिएपछि मलिन अनुहार लगाएका कार्यकर्ताहरुलाई स्पष्टिकरण दिंदै नेकपा(एस)निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने, 'उहाँ (झाँक्री) पार्टीको कामले सल्यान जानु भएको छ ,त्यसैले उहाँ आज पार्टी कार्यालय उद्घाटनमा सहभागी हुन आउन नसक्नु भएको हो।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077