Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

३८ लाख ५१ हजारसहित दुई हुण्डी कारोबारी पक्राउ

पर्सा । पर्सा प्रहरीले स्रोत नखुलेको ३८ लाख ५१ हजार १ सय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–६ गहवामाई बस्ने ४७ वर्षीय कन्हैया प्रसाद सोनार र बारा परवानीपुर गाउँपालिका–३ लिपनीमाल बस्ने १९ वर्षीय दिपक कुमार सर्राफ रहेका छन्।

उनीहरुलाई वीरगंज महनगरपालिका–६ माईस्थानस्थित कन्हैया प्रसादको केपि ज्वेलर्सबाट उक्त रकमसहित नियन्त्रणमा लिइएको हो। हुण्डी कारोबार हुँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त ज्वेलर्समा छापा मार्दा सो मात्रामा पैसा फेला पारिएको हो।

पक्राउ परेकाहरुको साथबाट २ थान मोबाइल, ३ वटा बिल बिजक रसिद, २६ वटा खरिद बिक्री रेकर्ड फाईल, १६ थान विभिन्न बैंकका चेकहरू र बैंकमा बुझाएको ११ लाखको भौचर बरामद गरिएको हो। घटनाबारे थप अनुसन्धान अघि बढेको पर्सा प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077