Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनावपछि माओवादी एक नम्बरको पार्टी बन्ने प्रचण्डको दाबी

काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी चुनावमा नेकपा माओवादी केन्द्र एक नम्बरको पार्टी बन्ने दाबी गरेका छन् ।

बुधबार पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा माओवादीका अध्यक्ष प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टी पुन एक नम्बरमा आउने दाबी गरे।

'संघीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने र देशभक्त पार्टी माओवादी नै हो भन्ने जनताले बुझिसकेका छन्, प्रचण्डले भने, 'अब फेरि माओवादीलाई एक नम्बरको पार्टी बन्न कसैले राेक्न सक्दैनन्। '

‘संगठन संरचना र विचार देशैभरि पुर्‍याएर जाने हो भने यो पार्टी फेरि पनि एक नम्बरको पार्टी बन्छ,’ प्रचण्डले भने, ‘शान्ति प्रक्रियामा आउनेवित्तिकै हामीलाई पाँच/सात सिट आउँछ भनेका थिए, एक नम्बरको पार्टी भयो।’


सम्बोधनमा दिवंगत नेता बोगटीलाई पटकपटक स्मरण गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताको प्रतिकको रुपमा उनको भूमिका रहेको बताए।


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077