Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धितोपत्र बोर्डको जिम्मेवारी निरज गिरीलाई

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको कार्यकारी निर्देशकको जिम्मा निरज गिरीलाई दिइएको छ।

मंगलबार अर्थ मन्त्रालयले बोर्डका अध्यक्ष हटेको अवस्थामा वरिष्ठ कर्मचारीलाई नै नेतृत्वको जिम्मेवारी दिने व्यवस्थाअनुरुप गिरीलाई सो जिम्मेवारी दिएको हो।

यसअघि बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्ट खरिद प्रकरणमा मुछिएपछि निलम्बनमा परेका थिए। ढुंगाना निलम्बनमा परेको दुई सातापछि बोर्डको जिम्मेवारी गिरीले सम्हाल्ने भएका हुन् ।

मन्त्रालयले जिम्मेवारी दिएपछि गिरीले बोर्डको दैनिक प्रशासनसँगै बोर्ड बैठक समेत बोलाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077