Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमबीबीएस छात्रवृत्ति र विदेशी म्याचिङ सिटमा पूर्व मनोनयन सूची प्रकाशित (सूचीसहित)

काठमाडौं – चिकित्सा शिक्षा आयोगले स्नातक तह (एमबीबीएस)मा प्राथमिकताका आधारमा छात्रवृत्ति र विदेशीतर्फको म्याचिङ हुने सिटमा पूर्व मनोनयन सूची प्रकाशित गरेको छ।

आयोगले सम्पूर्ण विश्वविद्यालय र अन्तर्गतका शिक्षण संस्था तथा प्रतिष्ठानहरूमा यो शैक्षिक सत्रको लागि सञ्चालित एकीकृत प्रवेश परीक्षाको योग्यताक्रम तथा विद्यार्थीको छनोटका आधारमा सूची प्रकाशन गरेको हो।

सोमबार सूची प्रकाशित गर्दै पूर्व मनोनयनको सूचीमा सूचीकृत भएका उम्मेदवारले ३१ गते ५ बजे भित्र आफू पूर्व मनोनयनमा परेको सिटमा अध्ययन गर्न सहमत वा असहमत भए सो को जानकारी पठाउन आग्रह गरिएको छ।

विद्यार्थीले अनिवार्य आयोगमा आफ्नो प्रोफाइल अनलाइन मार्फत दिनुपर्ने र कुनै एक सिटमा मात्र पूर्व मनोनयन भएको उम्मेदवारले तोकिएको समयावधिभित्र कुनै जानकारी नगराएमा पूर्व मनोनयन स्वतः स्वीकार गरेको मानिने सूचनामा उल्लेख छ।

एक भन्दा बढी शैक्षिक कार्यक्रममा पूर्व मनोनयन भएको अवस्थामा कुनै एक कार्यक्रममा मात्र सहमति जनाउनुपर्नेछ । अन्यथा कुनै पनि सिटमा मनोनयन गर्न नसकिने समेत जनाईएको छ।

पूर्व मनोनयनको सूचिमा परेको उम्मेदवारले अध्ययन नगर्ने भनी तोकिएको समय भित्रै विथड्र गरेमा सो समूह बाहेक सशुल्क वा अन्य शैक्षिक कार्यक्रमको अवसर प्राप्त हुने हुँदा आगामी ३१ गते ५ बजे भित्र असहमति जनाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077