Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलद्वारा प्यालेस्टाइनको गाजामा फेरि हवाई आक्रमण

काठमाडौं । प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायलले आइतबार फेरि हवाइ आक्रमण गरेको छ । प्यालेस्टाइनको रकेट आक्रमणको जवाफमा हवाई आक्रमण गरेको इजरायली सेनाले जनाएको छ।

सोमबार एक अधिकतम सुरक्षा इजरायली जेलबाट छ जना प्यालेस्टिनी लडाकु भागेपछि इजरायल र प्यालेस्टिनीहरु बीचको तनाव पछिल्लो हप्तामा बढेको छ। यद्यपि इजरायली सुरक्षा बलले भागेका मध्ये ४ जना कैदीलाई फेरि पक्राउ गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार भागेका मध्ये २ जनालाई शुक्रबार समातिएपछि गाजापट्टी तर्फबाट रकेट प्रहार हुन थालेको थियो । लगत्तै शनिबार अन्य २ जनालाई समातिएपछि फेरि गाजा तर्फबाट रकेट प्रहार भएको थियो ।

इजरायली सेनाको तर्फबाट जारी बयानमा इजरायलको तर्फबाट जवाफी कारवाहीमा चरमपन्थी संगठन हमासका अड्डाहरुलाई निशाना बनाइएको थियो । यसअघि इजरायल र हमासबीचको युद्धविराममा कम्तीमा २५० प्यालेस्टाइनी र १३ इजरायली सैनिक मारिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077