Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एसआरडी कन्स्ट्रक्सनका प्रोपाइटरहरुविरुद्ध ७५ लाख ८० हजारको भष्ट्राचार मुद्धा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एस.आर.डी. कन्स्ट्रक्सनका प्रोपाइटरहरु रमेश पराजुली र सन्दिप केसीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले नवलपरासीको सुनवल नगरपालिका अन्तर्गत पानभार खोलामा आ.व. २०७५/०७६ को नदीजन्य पदार्थ उत्खनन् तथा निकासीको ठेक्कामा मापदण्ड विपरीत उत्खनन गरेको भन्दै पराजुली र केसीविरुद्ध पचहत्तर लाख असी हजार छ सय उनन्चास रुपैयाँ विगो दाबी गर्दै विशेष अदालतमा आइतबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

उनीहरुले नगरपालिकाबाट प्रमाणित नगरेको रसिद प्रयोग गरी राजस्व छली गरेको समेत अनुसन्धानबाट खुलना आएको अख्तियारले जनाएको छ।

पराजुली र केसीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरजन्य कार्य भएकोले उनीहरुलाई सोही दफाको प्रावधानबमोजिम भ्रष्टाचार निवारण ऐन,२०४८ को दफा १८ एवं दफा ३५ बमोजिम बमोजिमको सजाय माग गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077