Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

    प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

    अनलाइन नेपाल
  • आइतबार, २७ भाद्र २०७८
  • 1.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अन्ततः प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।

    आज १ बजेदेखि सुरु भएको बैठकमा एमालेका सांसदहरुले निरन्तर अबरोध गरेपछि अन्ततः सभामुखले बैठक पर्सी भदौ २९ गते मंगलबारसम्मका लागि स्थगित गरेका हुन् ।



    बैठक सुरु हुने बित्तिकै एमाले सांसदहरुले  संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर जस्ता नारा लगाइरहेका थिए।



    नारावाजीका कारण संसद चल्न नसकेपछि पहिले सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । तर, १५ मिनेटपछि फेरि सुरु भएको बैठकमा एमाले सांसदहरुले अवरोध जारी राखेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

    त्यसबीच सभामुख सापकोटाले अवरोध हटाउन एमालेका सांसदहरुले छलफल समेत गरेका थिए। सभामुख र एमाले सांसदहरुबीच सहमति नजुटेपछि उनीहरूले पून: बैठक अवरुद्ध गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार