Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • संसद बैठक : प्रेम सुवालको प्रश्न – अर्थमन्त्रीको फोनले शेयर बजार बढ्छ ?

    संसद बैठक : प्रेम सुवालको प्रश्न – अर्थमन्त्रीको फोनले शेयर बजार बढ्छ ?

    अनलाइन नेपाल
  • शुक्रबार, २५ भाद्र २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले लगातार घढ्दोक्रममा रहेको सेयर बजार परिसूचक (नेप्से) अर्थमन्त्रीको एक फोनले बढेको भन्ने विषयमा संसदमा प्रश्न उठाएका छन् ।

    शुक्रबार बसेको प्रतिनिधि =सभाको बैठकमा सांसद सुवालले राष्ट्र बैंकले ल्याएको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले घटेको बजारमा अर्थमन्त्रीको एक फोनले नै घट्ने बढ्ने हुन्छ ? भन्दै प्रश्न गरेका थिए।



    ‘यो हुनु भनेको सरासर आर्थिक चलखेल हो, यसको छानविन हुनुपर्छ’ सुवालले सभामुखमार्फत सरकारसँग माग गरेका छन् ।



    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले बैठकको चर्को विरोध गरिरहेका बेला सांसद सुवालले अर्थमन्त्रीले गभर्नरलाई गरेको फोनले शेयरमा कसरी परिवर्तन गर्यो भन्ने प्रश्न गरेका थिए।

    जारी बैठक १५ मिनटका लागि पुन: स्थगित भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार