Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख सापकोटा र प्रेम सुवालबीच सवालजवाफ, पेस नै नगरेको प्रस्ताव फिर्ता लिएको घोषणा

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको बेला सभामुख अग्निप्रसाद सापकोटा र सांसद प्रेम सुवालबीच सवालजवाफ भएको छ।

चर्को नाराबाजीकै बीच बैठकलाई कार्यसूचीमा प्रवेश गराएर विभिन्न अध्यादेशलाई निर्णायार्थ प्रस्तुत गरेका सभामुख सापकोटा र सांसद सुवालबीच सवालजवाफ भएको हो।

सुवाललाई राष्ट्र ऋण उठाउने अध्यादेश २०७८सहितका विभिन्न प्रस्ताव पेस गर्न सभामुख सापकोटाले दिएको समयमा सुवालले प्रतिपक्षी दलको विरोध भइरहँदा आफूले प्रस्ताव पेस गर्न नसकिने भन्दै रोष्टममा उभिएर प्रस्ताव पेस गर्ने वातावरण बनाउन आग्रह गरे।

तर सभामुख सापकोटाले प्रस्ताव फिर्ता लिएको हो कि प्रस्तुत गरेको स्पष्ट गर्न भने । यसपछि सांसद सुवालले आफूले प्रस्ताव पेस गर्ने वातावरण बनाउन आग्रह गरेको बताए ।

अहिले एमाले सांसदको नाराबाजीकाबीच सभामुख सापकोटाले बैठकलाई दोस्रो पटक पुन स्थगित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077