Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ४ जना पक्राउ

काठमाडौं । ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

कागेश्वरी मनोहरा नगरपालिका-९ सनसिटीस्थित होटलकी संचालिका कास्की पोखरा महानगरपालिका-७ एयरपोर्ट घर भएकी ४२ वर्षीया रुपा थापा मगर समेत ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त ठाउँस्थित होटलमा हो-हल्ला भइरहेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरीले सम्झाई बुझाई गर्ने क्रममा होटलमा मादक पदार्थ सेवन गरी बसेका व्यक्तिहरुले प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेपछि रुपा समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको बताएको छ।

घटनामा संलग्न हाल फरार कास्की वतन भएका २२ वर्षीय रविन थापा मगरको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077