बुटवल। लुम्बिनी प्रदेशमा एक प्रदेशसभा सदस्य र ७४ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । लुम्बिनीका १०९ पालिकामध्ये उक्त सङ्ख्यामा जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोजेका हुन् ।
लुम्बिनी प्रदेशमा एक हजार ५६७ जना एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये ७४ ले समाजवादी रोजेको प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए ।
विसं २०७४ को निर्वाचनमा लुम्बिनी प्रदेशमा १२ जिल्लामा नेकपा एमालेबाट स्थानीय तहका प्रमुख १६, उपप्रमुख १७, गाउँपालिका अध्यक्ष २७, उपाध्यक्ष ३०, वडाध्यक्ष ३५५, सदस्य ७५१ र महिला सदस्य ३७१ गरी जम्मा एक हजार ५६७ जना निर्वाचित भएका थिए ।
निर्वाचन आयोगले यही भदौ १५ गतेदेखि २२ गतेसम्म स्थानीय तथा प्रदेशका जनप्रतिनिधिलाई दल रोज्न समय दिएको थियो ।
दाङ २१, बाँके – १२ , रुपन्देही– ७, रुकुम पूर्व– ४, रोल्पा – ५, बर्दिया – ६, अर्घाखाँची – ६, प्यूठान– ८ ,पाल्पा –१, नवलपरासी (पश्चिम)–२, कपिलवस्तुमा १ जना लुम्बिनीमा नेकपा (एकीकृत समाजवादी) रोज्ने स्थानीय तहका जनप्रतिनिधि रहेको जनाइएको छ ।
गुल्मीमा कुनै पनि जनप्रतिनिधि सनाखत हुन नआएको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । गुल्मी नेकपा एसकी मुख्य नेत्री रामकुमारी झाँक्रीको गृह जिल्ला पनि हो।
Leave a Reply