Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले गरिन् १० सदस्यीय मन्त्रिपरिषद विस्तार (नामसहित)

हेटाैंडा । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन्। बुधबार मुख्यमन्त्री शाक्यले १० जना प्रदेशसभा सदस्यलाई सरकारमा सामेल गरेकी हुन्।

विस्तार गरिएको मन्त्रिपरिषदमा प्रदीप कटुवाल, रचना खड्का, बद्री मैनाली, विजय सुवेदी, अजयक्रान्ति शक्य, चन्द्र लामा, शान्ति पौडेल, जुनेलीमाया श्रेष्ठ, जीवन खड्का र सरस्वती बाची रहेका छन् ।
नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूको सपथग्रहण आजै हुने बताइएको छ । यद्यपि उनीहरु मध्ये को मन्त्री को राज्यमन्त्री भन्ने खुलाइएको छैन । स्रोतका अनुसार नियुक्त १० मध्ये पाँच मन्त्री र पाँच राज्यमन्त्री हुने छन् ।

एमाले विभाजनपछि अल्पमतमा परेकी शाक्यले विभाजनमा माधव नेपालको साथ छाडेकालाई समेत समेटेर सरकार विस्तार गरेकी हुन् । हाल मुख्यमन्त्री शाक्य  नेतृत्वको सरकारमा शाक्यसहित आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077