Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेश बस्नेतले खुलाए केपी ओलीलाई बा भन्नुको रहस्य !

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बा भन्नुको रहस्य एमाले नेता महेश बस्नेतले खुलाएका छन्।

सोमबार काठमाडौँमा आयोजित राष्ट्रिय युवासंघको कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका नेता तथा युवा संघका इन्चार्ज महेश बस्नेतले पार्टी अध्यक्ष ओलीलाई युवाहरूले बा भन्नुको रहस्य खुलाएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले बा बारे भने, ‘शेरबहादुर देउवाका श्रीमती र छोरा नै दलालीमा छन् । बाबुरामका र प्रचण्डका पनि परिवार नै दलालीमा छन् । तर, केपी ओलीले श्रीमतीलाई कहिल्यै यस्ता कार्यमा संलग्न गराउनु भएन', बस्नेतले थपे, 'उहाँ (ओली)ले हामी युवालाई उत्पादनमूलक काममा लाग्न सहुलीयत ऋण, प्रमाणपत्र धितो र श्रमिकलाई न्यूनतम पारिश्रमिक वृद्धिजस्ता निर्णय गर्नुभयो त्यसैले उहाँ सबैको बा हो । बा हुनका लागि राम्रो काम गर्नुपर्छ,।'

त्यस्तै, उक्त कार्यक्रममा एमालेका नेता सुवास नेम्वाङले देउवा नेतृत्वको सरकार सर्वोच्च अदालतको आदेशबाट जन्मिएकाले केही काम गर्न नसक्ने आरोप लगाए।

नेता नेम्वाङले वर्तमान सरकारलाई महिना पनि नपुगी बच्चा जन्मेको जस्तै टिप्पणी समेत गरेर भने, ‘यो सरकार जनताले बनाएको सरकार होइन,  सात महिना पनि नपुगी बच्चा जन्मियो भने हाम्रो गाँउघरतिर कस्तो कस्तो मानिन्छ, लक्षण पनि ठिक छैन भन्छौ, हो त्यस्तै छ यो सरकार।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077