Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस महाधिवेशन : झापाका ५५ वडामा सर्वसम्मत नेतृत्व

झापा। नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन्। पार्टीका जिल्ला प्रचार विभाग प्रमुख कृष्ण हुमागाईँका अनुसार १३१ वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत चुनिएको र अन्य वडामा अधिवेशन जारी रहेको छ।

यहाँ ३३ हजार बढी क्रियाशील सदस्य छन्। जिल्ला सभापति पदमा उम्मेद्वारी घोषणा गरेका राम कट्टेल क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्। मेचीनगर–१० बाट उनीसहित सबै ८० क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत निर्वाचित भएको प्रचार प्रमुख हुमागाईँले बताए।

नेता कट्टेल हाल पार्टीको जिल्ला उपसभापति छन्। मेचीनगरका आठ, बुद्धशान्तिका चार, बिर्तामोडका छ, अर्जुनधाराका पाँच, कनकाईका चार, झापा गाउँपालिकाका सात, शिवसतासीका तीन, कमलको एक, गौरादहको दुई, गौरीगञ्जका दुई, भद्रपुरका तीन, बाह्रदशीका चार वडामा सबै पदमा निर्विरोध निर्वाचन सम्पन्न भएको हो।

क्षेत्र नं १ को मेचीनगरमा ६, ७, ८, ९, १०, ११, १२ र १५ नं वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएको जनाउँदै अन्य वडामा समेत सहमतिको प्रयास भइरहेको १ नं क्षेत्रीय सभापति मणि उप्रेतीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077