Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदेश १ र बागमतीका मुख्यमन्त्रीलाई झाँक्रीको अफर : नेकपा (एस) रोज्नुस्, सरकार बचाउनुस्

विराटनगर । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो पार्टी रोजेको खण्डमा उनीहरूकै सरकारले निरन्तरता पाउने बताएकी छिन् ।

उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले नयाँ दल छान्न पाउने आगामी भदौ २२ गतेसम्मको समय सीमामा मुख्मयन्त्रीद्वय आचार्य र शाक्यले नेकपा (एस) मा आबद्ध भएको खण्डमा मुख्यमन्त्रीद्वयको सरकार टिकाउनलाई विश्वासको मत जुटाउन मद्दत गरिने बताएकी हुन् ।

शनिवार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेतृ झाँक्रीले आचार्य र शाक्य आफ्नो पार्टीमा आएको खण्डमा विश्वासको मत दिलाउन आफैँ खटिने बताइन् ।

उनले भनिन्–‘एमालेमै फर्किएको अवस्थामा उहाँहरूले विश्वासको मत लिनुपर्ने हुन्छ। सरकार अल्पमतमा पर्छ, त्यसकारण त्यो प्रकृयाबाट नै नयाँ बाटो सुरु हुन्छ ।’

प्रदेश १ का मुख्यमन्त्री आचार्य यसअघि नै आफू एमालेमा आबद्ध भइसकेको बताइसकेका छन् भने बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले अहिलेसम्म आफूलाई कुन पार्टी रोज्ने विषयमा मौन रहँदै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077